फिचर समाचार पठनीय बनाउन ध्यान देउ
लक्ष्मण राना बुटवल, ३० भदौ । बुटवलमा समाचार–फिचर लेखन सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना र रुपन्देही शाखाको संयोजनमा चार दिने तालिम भएको हो । तालिममा रेडियो, टेलिभिजन, पत्रिका र अनलाईनमा कार्यरत २६ जना पत्रकारको सहभागिता रहेको थियो ।

तालिममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष एंव डा. सुरेश आचार्यले सहजीकरण गर्नुभएको थियो । उहांले फिचर तयार गर्दा पठनिय बनाउन विषयवस्तु केन्द्रित भएर सिर्जनात्मक बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंंघका कार्यक्रम संयोजक राम दाहालले लिङ्ग लैङ्गिकताको वारेमा सहजीकरण गर्नु भएको थियो । समाचार फिचर लेखन तालिमको समापन कार्यक्रमका बोल्दै डा. आचार्यले समाचारको लेखाइले समाजको दिशा निर्धारण गर्ने हुँदा पत्रकारको विशिष्ट भूमिका हुने बताउनु भयो । सिकेको सीपलाई खारेर अगाडी बढाउन आग्रह गर्नुभयो । स्रोत र साधन भएमा विविध विटमा तालिम संचालन गर्न सकिने कार्यक्रम संयोजक राम प्रसाद दाहालले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोख्रेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा महासंघका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाई, केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, महासंघ जिल्ला उपाध्यक्ष अमृता अनमोल, सहसचिव विरेन्द्र कुंवर, प्रेस चौतारीका अध्यक्ष लक्ष्मण पौडेलले तालिमलाई व्यवहारमा उतारेर प्रतिस्पर्धी बजारमा अब्बल बन्नुपर्नेमा जोड दिनुभयो । प्रशिक्षार्थी प्रविण गाहा, विष्णु पोख्रेल, अनिता चौधरी, र सुनिता श्रेष्ठले फिचर लेखन तालिम फलदायी भएको भन्दै आगामी दिनमा यस्ता तालिम निरन्तर संचालन गर्न सुझाव दिएका थिए ।

